भारतसँग नेपाल १० विकेटले पराजित

काठमाडौं – एसिया कप क्रिकेट अन्तर्गत आज भएको खेलमा भारतसँग नेपाल १० विकेटले पराजित भएको छ । हारसँगै नेपाल एसिया कपको समूह चरणबाट समेत आउट भएको छ ।

भारतसँगको हारले नेपाल अंक विहीन हुँदै आउट भएको हो । समूह ए बाट पाकिस्तान शीर्ष र भारत दोस्रो स्थानमा रहँदै सुपर फोरमा पुगेका छन् ।

जितको लागि १ सय ४५ रनको विजयी लक्ष्य पछ्याएको भारतले २०.१ ओभरमा कुनै विकेट नगुमाई लक्ष्य पूरा गरेको थियो ।

नेपालले दिएको २ सय ३१ रनको विजयी लक्ष्य पछ्याएको भारतले २.१ ओभरमा १७ रन बनाउँदा वर्षाको कारण खेल रोकिएको थियो । दुई घण्टा भन्दा बढी समय खेल हुन नसकेपछि २३ ओभरमा भारतले १ सय ४५ रनको विजयी लक्ष्य पाएको थियो ।

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button