एनसेल खरिद–बिक्रीबारे गम्भीर छानबिन गर्नुपर्ने सत्ता गठबन्धनको निष्कर्ष

काठमाडौ: सत्ता-गठबन्धनको बैठकले एनसेल खरिद-बिक्रीका विषयमा सरकारले गम्भीर अध्ययन र छानबिन गर्नुपर्ने निष्कर्ष निकालेको छ। प्रधानमन्त्री निवास बालुवाटारमा मंगलबार बसेको बैठकले यस्तो निष्कर्ष निकालेको हो।

एनसेलको खरिद-बिक्री नेपालको कानुन अनुकुल नरहेको र शंकास्पद देखिएको धारणा बैठकमा सहभागीहरुले राखेका थिए।

नेपाली कांग्रेसका प्रमुख सचेतक रमेश लेखकले प्रधानमन्त्रीले नै एनसेलको खरिद-बिक्री प्रचलित कानुन बमोजिम नभएको भनेको र त्यसमा सबैले समर्थन जनाएको बताए।

उनले भने, ‘प्रधानमन्त्रीले भन्नुभएको ठिक हो भन्ने निष्कर्षमा बैठक पुगेको छ। यसबारेमा जे-जति कोणबाट प्रश्न उठेका छन्, ती गम्भीर र जायज छन्, यसको छानबिन एवं सूक्ष्म अध्ययन गर्नुपर्छ भन्नेमा सबैको एउटै धारणा देखियो।’

अजियाटा समूहको नाममा रहेको एनसेलको ८० प्रतिशत सेयर बेलायती कम्पनी स्पेक्ट्रलाइट यूकेले खरिद गरेको थियो। यो प्रकरण विवादास्पद भएको भन्दै चौतर्फी आलोचना भइरहेको छ।

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button