बुद्ध एयरले भन्यो- जहाज ‘नर्मल’ अवतरण, हवाई सुरक्षामा शुन्य सहनशिलता!

काठमाडौं । बुद्ध एयरले काठमाडौंबाट विराटनगरका लागि उडेको जहाज सुरक्षित रुपमा काठमाडौं फर्काएर अवतरण गरिएको उल्लेख गर्दै हवाई सुरक्षामा शून्य सहनशीलताको नीति अंगिकार गर्न आफूहरु प्रतिवद्ध रहेको जनाएको छ।

सोमबार काठमाडौंबाट विराटनगर उडेको जहाज विराटनगर अतवरण गर्ने क्रममा ल्याण्डिङ गियर इन्डिकेटरमा समस्या देखिएको तथा टावरले पनि गियर नझरेको जानकारी दिएपश्चात् जहाजलाई क्याप्टेनले पुनः काठमाडौं फर्काउने निर्णय गरेका थिए।

सुरक्षा निर्देशिका अनुसार जहाजमा रहेको इन्धनलाई कम गर्न केही बेर काठमाडौंको आकाशमा फन्को मारी सबै सुरक्षा मापदण्ड पुरा गरि सुरक्षितसाथ अवतरण गरेको बुद्धले विज्ञप्तिमार्फत जनाएको छ।

विज्ञप्तिमा भनिएको छ, जहाजमा ल्याण्डिङ गेयरका लागि दुईवटा इन्डिकेटर रहेको हुन्छ । जस अनुसार प्राइमेरी इन्डिकेटरमा संकेत नदेखिएको तर सेकेण्डरी इण्डिकेटरमा सबै ठिकठाक रहेको देखियो।

‘सुरक्षामा शुन्य सहनशिलता’ अनुसार क्याप्टेनले जहाज तुरुन्तै काठमाडौंमा फर्काउने निर्णय गरिएको उल्लेख छ।

काठमाडौं आकाशमा आइसकेपछि क्याप्टेनले बुध्द एयरको टेक्निकल टिमको रेडियो सम्पर्कमा ल्याण्डिङ गियर चेकजाँच गर्दा सही र झरेको जानकारी दियो।

जस अनुसार अन्तर्राष्ट्रिय तथा नागरिक उड्डयन प्राधिकरणले जारी गरेको दिशा निर्देशिका अनुसार काठमाडौं विमानस्थलमा सुरक्षितसाथ जहाजलाई ‘नर्मल’ अतवरण गराइएको उल्लेख छ।

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button