माओवादी केन्द्रको महाधिवेशन केन्द्रित कार्यक्रमको मिति हेरफेर

काठमाडौं । नेकपा माओवादी केन्द्रको आज बसेको स्थायी समिति बैठकले पार्टीको महाधिवेशन केन्द्रित केही क्रियाकलापको समयतालिका हेरफेर गर्ने निर्णय गरेको छ ।

बैठकपछि स्थायी समिति सदस्य देव गुरुङ महाधिवेसनसम्वन्धी केही कार्यक्रमको मिति हेरफेर भएको जानकारी दिए ।

बैठकले सदस्यता नवीकरण गर्ने मितिलाई असोज मसान्तसम्म समय थप गर्ने निर्णय गरेको छ । त्यस्तै, स्थानीय स्तरमा हुने वडा भेलाको बैठक कार्तिक १३ गते गर्ने र मंसिर ४ गते पालिका स्तरीय भेला गर्ने निर्णय गरेको छ ।

स्थानीय स्तरको भेलाको समय सारे पनि प्रदेश सम्मेलन र राष्ट्रिय सम्मेलनको समय सारिएको छैन । माओवादी केन्द्रले आफ्नो राष्ट्रिय सम्मेलन पुस ११ गतेदेखि १३ गतेसम गर्ने निर्णय गरेको छ । त्यस्तै बैठकले मन्त्रिपरिषद् विस्तारका लागि कानुनी जटिलता अन्त्य हुनुपर्ने बताएको छ ।

सोमबार बिहान पार्टी कार्यालय पेरिसडाँडामा बसेको स्थायी समिति बैठकले मन्त्रिमण्डल विस्तारका लागि पहिला राजनीतिक दलसम्बन्धी अध्यादेश फिर्ता लिनुपर्ने जनाएको हो ।

माओवादी केन्द्रका संसदीय दलका नेता देव गुरुङले अहिले जारी कानुनी जटिलता मिलाएपछि मात्र मन्त्रिपरिषद् विस्तारका लागि अघि बढ्ने निर्णय भएको बताए ।

“केही कानुनी जटिलताका विषय भएकाले त्यसलाई पन्छाइसकेपछि बल्ल मन्त्रिमण्डलको बारेमा प्रवेश गर्ने भन्ने कुरा भएको छ,” गुरुङले भने,“कानुनी पाटा सदन अदालतसँग, अध्यादेशसँग जोडिएको विषय भएकाले त्यसलाई छिटो टुंग्याउन पहल गर्ने भन्ने भएको छ ।”

सरकारले आज मन्त्रिपरिषद् बैठक राखेर संसद्को अधिवेशन अन्त्य गर्दै अध्यादेश फिर्ता लिने तयारी गरेको अवस्थामा माओवादी केन्द्रको स्थायी समिति बैठक बसेको हो ।

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button