नागरिक उन्मुक्ति पार्टीले घोषणा गरेको नेपाल बन्द फिर्ता

काठमाडौँ- नागरिक उन्मुक्ति पार्टीले घोषणा गरेको नेपाल बन्द फिर्ता लिएको छ । नागरिक उन्मुक्ति पार्टीले जेठ ६ देखि १० गतेसम्म घोषित नेपाल बन्दको कार्यक्रम फिर्ता लिएको हो ।

नागरिक उन्मुक्ति पार्टीले विज्ञप्ति जारी गर्दै प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले संसदमै लाल आयोगको प्रतिवेदन सार्वजनिक गरिने फौजदारी विधेयक संसदमा टेबुल भइसकेको लगायत अन्य राजबन्दीको रिहाइ कानुन संशोधन गरेर निकाल्ने प्रतिबद्धता जाहेर गरेको हुँदा नेपाल बन्दको कार्यक्रम अर्को सूचना नआउँदासम्म स्थगित गरिएको जनाएको छ ।

पार्टीका वरिष्ठ उपाध्यक्ष दामोदर पण्डितले जारी गरेको विज्ञप्तिमा जेठ ३, ४ र ५ गते मशाल जुलुससहित कोण सभा लगायतका कार्यक्रमलाई भने निरन्तरता दिइने जनाइएको छ ।

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button