लडाकू शिविर व्यवस्थापनको खर्च महालेखाबाट संपरीक्षण भएको जानकारी

काठमाडौं– नेकपा माओवादी केन्द्रले लडाकू शिविर व्यवस्थापनमा भएको खर्चको महालेखा परीक्षकको कार्यलयबाट संपरीक्षण भएकोले त्यसमा कुनै घोटाला नभएको बताएको छ। पार्टी प्रवक्ता कृष्णबहादुर महराले आइतबार पत्रकार सम्मेलनमार्फत् उक्त कुरा बताएका हुन्।

माओवादीका लडाकूको व्यवस्थापनका दुई वटा पक्ष रहेको भन्दै विज्ञप्तिमा भनिएको छ, ‘यसका दुईटा पक्ष छन्। पहिलो ५ महिना शान्ति प्रक्रियालाई सार्थक पार्न माओवादी सेनाको रेखदेख र व्यवस्थापनको निमित्त करिब ४६ करोड पेस्की लिई व्यवस्थापन गरिएकोमा शान्ति प्रक्रियाको यथार्थ र विशिष्ठ परिस्थितिलाई मध्यनजर गरी सो रकम अनुदानमा परिणत गर्न संसद्को सार्वजनिक लेखा समिति, शान्ति तथा पुनःनिर्माण मन्त्रालयको सिफारिसमा नेपाल सरकारको २०६९ बैशाख १४ को निर्णयसमेतलाई आधार बनाई महालेखा परीक्षकले २०६९ जेठ १९ गते सो रकम खर्चको समर्थन, फर्छ्यौट र मिनाहा गरी संपरीक्षणको जानकारी पत्र शिविर व्यवस्थापन केन्द्रीय समन्वयकर्ताको कार्यालय सिंहदरबारमा पठाएको छ।’

यस्तै, दोस्रो पक्षबारे विज्ञिप्तिमा उल्लेख छ,‘दोस्रो, ७ मुख्य शिविर र २१ सहायक शिविरमा शिविर व्यवस्थापन रकम, शिविर व्यवस्थापन कार्यालयमार्फत् माओवादी सेनाको भत्ता र अन्य व्यवस्थापनको रकम भुक्तानी भएको व्यहोरा जानकारी गराएका छन्।’

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Check Also
Close
Back to top button