देश भर भारी वर्षाको सम्भावना, बाढी र पहिरोबाट सतर्क रहन आग्रह

काठमाडौँ – हाल देशको पूर्वी तथा मध्य भू-भागमा मनसुनी प्रणालीको प्रभावले देशभर आंशिक देखि सामान्य बदली रही देशभरका केही स्थानमा चट्याङ्ग सहित वर्षा भइरहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।
आज दिउँसो देशभर आंशिकदेखि सामान्य बदली रहनेछ। कोशी, मधेस, कर्णाली र सुदूरपश्चिम प्रदेशका केही स्थानहरूमा तथा बाँकी प्रदेशका थोरै स्थानहरूमा चट्याङ्गसहित हल्का देखि मध्यम वर्षाको सम्भावना रहेको छ । कोशी, मधेस प्रदेश, लुम्बिनी र सुदूरपश्चिम प्रदेशको एक-दुई स्थानमा भारी वर्षाको सम्भावना रहेको छ।
भारी वर्षासँगै बाढी र पहिरोको जोखिम रहने हुँदा आवश्यक सतर्कता अपनाउन महाशाखाले आग्रह गरेको छ ।




