देशका विभिन्न भू–भागमा वर्षाको सम्भावना

काठमाडौँ – नेपालमा हाल मनसुनी वायुको साथै बंगलादेशको उत्तरी भू–भाग तथा आसपासमा रहेको न्यूनचापीय प्रणालीको प्रभाव रहेकोले देशका विभिन्न भू–भागमा आज वर्षाको सम्भावना रहेको छ । केही प्रदेशमा भारी वर्षाको समेत सम्भावना रहेको छ ।

कोसी, वाग्मती र गण्डकी प्रदेशका केही र बाँकी प्रदेशका थोरै स्थानमा हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको छ । वाग्मती, गण्डकी, लुम्बिनी र सुदूरपश्चिम प्रदेशका एकदुई स्थानमा मेघगर्जन र चट्याङसहित भारी वर्षाको समेत सम्भावना रहेको छ ।

जल तथा मौसम विज्ञान विभागले जनाए अनुसार वाग्मती, गण्डकी, लुम्बिनी र सुदूरपश्चिम प्रदेशका एकदुई स्थानमा मेघगर्जन र चट्याङसहित भारी वर्षाको समेत सम्भावना रहेको छ । मनसुनको न्यूनचापीय रेखा सरदर स्थानभन्दा उत्तरतिर रहेको छ । भारी वर्षाका कारण नदीको जल सतह बढ्ने, गेग्रान बहाव, बाढी, पहिरो, भू–क्षयको सम्भाना रहेकाले सतर्क रहन विभागले आग्रह गरेको छ ।

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button