अपाङ्गता राष्ट्रिय सम्मेलन, २०२३ शुभारम्भ

ललितपुर । नेपाल इसाई अपाङ्गता संजालले, आज फागुण १७ देखी १९ गते सम्म ललितपुरको गोदावरीमा रहेको होटल भ्यू भृकुटीमा अपाङ्गता राष्ट्रिय सम्मेलन, २०२३ को शुभारम्भ गरेको छ ।
यस सम्मेलनको उदघाटन समारोहमा अन्तराष्ट्रिय र स्थानीय आमन्त्रित मण्डलीका अगुवाहरु, अपाङ्गता भएका व्यक्तिहरु, बाइबलीय विद्वानहरु र विशेषज्ञहरुको उपस्थितीमा विभिन्न गित संगित र नृत्य प्रस्तुत गरी उत्साहको साथ उदघाटन गर्नुभएको थियो ।
नेपाल राष्ट्रिय ख्रिष्टियन मण्डलीका अध्यक्ष रेभ. हनोक तामाङ्गले बाइबलीय अवधारणामा अपाङ्गताबारेमा सम्मेलनको उदेश्यलाई जोड दिदै बोल्नु भएको थियो ।
यस सम्मेलनमा सातै प्रदेश का ७७ जिल्लाहरुबाट उल्लेखिनिय सहभागीता रहेको छ । सम्मेलनको उद्देश्य मण्डली समुदायभित्र रहेका अपाङ्गता भएका व्यक्तिहरुलाई निम्ति पहुँच, पैरवी र उत्तम अभ्यासहरुको प्रत्साहन गर्नु रहेको छ ।




