कानुनमन्त्री पृथ्वीबहादुर सिंहको निधनमा आज शोक बिदा

काठमाडाैँ – सुदूरपश्चिम प्रदेश सरकारले आज प्रदेशभर शोक बिदा दिने निर्णय गरेको छ । मंगलबार सवारी दुर्घटनामा निधन भएका आन्तरिक मामिला तथा कानुनमन्त्री पृथ्वीबहादुर सिंहको शोकमा आज सार्वजनिक बिदा दिने निर्णय गरेको हो ।

मन्त्रिपरिषद्को बैठकले बुधबार शोक बिदा दिने र राष्ट्रिय झन्डा आधा झुकाउने निर्णय गरेको छ । गृहजिल्ला बझाङ जाने क्रममा मन्त्री सवार सुपप्र ०१००१ झ ४८० नम्बरको गाडी बझाङको केदारस्युँ गाउँपालिकाको धारछडानजिकै दुर्घटना भएको थियो ।

दुर्घटनामा परेका मन्त्री पत्नी अमृता सिंह र भाउजू जयादेवी सिंहको बझाङको स्थानीय देउरा प्राथमिक स्वास्थ्य केन्द्रमा मृत्यु भएको हो । गम्भीर घाइते भएका मन्त्री सिंहलाई नेपाली सेनाको हेलिकप्टरमार्फत कोहलपुर पु-याइएको भएपनि उनको उपचारका क्रममा मृत्यु भएको हो ।

यस शोकको घडीमा प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले सिंहको मृत्युप्रति श्रद्धाञ्जली व्यक्त गरेका छन्। सिंहका परिवार र आफन्तहरूमा गहिरो समवेदना व्यक्त गर्दै घाइते सबैको शीघ्र स्वास्थ्यलाभको कामना गरेका छन्।

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Check Also
Close
Back to top button