अर्थतन्त्रका समस्या र चुनौतीहरू भाषण गरेर मात्रै समाधान हुन नसक्ने

काठमाडौँ – नेपाली कांग्रेसका सांसद तथा पूर्वअर्थमन्त्री ज्ञानेन्द्रबहादुर कार्कीले अर्थतन्त्रका समस्या र चुनौतीहरू भाषण गरेर मात्रै समाधान हुन नसक्ने बताएका छन् ।
मङ्गलबार प्रतिनिधि सभा अन्तर्गतको अर्थसमितिको बैठकमा बोल्दै सांसद कार्कीले यस्तो बताएका हुन् । उनले अर्थतन्त्रमा देखिएका वर्तमान समस्या र चुनौतीका विषयमा सरकार गम्भीर हुन जरुरी रहेको बताए ।
सांसद कार्कीले आयातमा कमी आउँदा समग्र अर्थतन्त्रमा समस्या आएको बताए । उनले आयात घट्दा अर्थतन्त्रमा समस्या आएको विषयमा सरकारले समीक्षा गरी यथार्थ बाहिर ल्याउनुपर्ने बताए ।
सांसद कार्कीले रेमिट्यान्सले मुलुकको अर्थतन्त्रमा धेरै ठूलो टेवा पुर्याएको भन्दै कुनै किसिमको समस्या आयो भने मुलुकको अर्थतन्त्र कता जान्छ भन्ने विषयमा सोच्नुपर्ने बताए ।
उनले रेमिट्यान्सको स्थायी समाधानका निम्ति सरकारले केही दीर्घकालीन सोच बनाउन जरुरी रहेको बताए ।  सरकार र अर्थमन्त्री गम्भीर नभई अहिले अर्थतन्त्र सकारात्मक भएको भाषण गरे पनि दुई महिनापछि नकारात्मक असर पर्न सक्ने बताए । उनले सरकारले कृषि उत्पादन बढाउने भन्छ तर किसान जनता मल र बीउ खै भन्ने अवस्था रहेको बताए ।

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button