नेकपा एमाले स्थायी कमिटी बैठक आज बस्दै
काठमाडौं । नेकपा एमालेको स्थायी कमिटी बैठक आज बस्ने भएको छ । बैठक आज बिहान ११ बजे तुलसीलाल अमात्य भवन च्यासलमा बस्ने भएको हो ।
आजको बैठकमा एमाले विभाजनका क्रममा माधवकुमार नेपाललाई साथ नदिएका नेताहरू पनि सहभागी हुने प्रवक्ता प्रदीपकुमार ज्ञवालीले जानकारी दिए।
माधव नेपालको नयाँ पार्टीमा नगएका भीम रावल, घनश्याम भुसाल, गोकर्ण विष्टलगायतका नेताहरूले १० बुँदे सहमति अक्षरशः कार्यान्वयन गर्न नेतृत्वलाई सोमबारसम्म अल्टिमेटम दिएका थिए। उनीहरूले सोमबार अध्यक्ष ओलीसँग छलफलसमेत गरेका थिए।
अध्यक्ष केपी ओलीसंगको छलफलमा १० बुँदे सहमति कार्यान्वयन गर्ने सहमति भएपछि आजेको बैठक तय भएको हो ।



