नेपाली महिला राष्ट्रिय फुटबल टोली आज बङ्गलादेश प्रस्थान गर्दै

काठमाडौँ – नेपाली महिला राष्ट्रिय फुटबल टोली आज बङ्गलादेश प्रस्थान गर्दैछ । नेपाल बङ्गलादेशबीच हुने मैत्रीपूर्ण खेलमा सहभागी हुनका लागि महिला फुटबल टोली आज त्यसतर्फ प्रस्थान गर्न लागेको हो ।
१९ औं एसियाडको तयारीका लागि नेपाली महिला फुटबल टोली बंगलादेशसँग मैत्रीपूर्ण खेल खेल्न प्रस्थान गर्न लागेको हो ।जसअनुसार नेपालले बङ्गलादेशसँग पहिलो खेल असार २८ गते र दोस्रो खेल असार ३१ गते खेल्दै छ ।
आगामी सेप्टेम्बर २३ देखि चीनको हाङझाउ शहरमा १९ औं एसियाड हुँदैछ । उक्त एसियाडमा नेपालको २९ खेलमध्ये महिला फुटबल टोलीले पनि प्रतिष्पर्धा गर्दैछन् ।




