अमेरिकी सहायक विदेशमन्त्री डोनाल्ड लु काठमाडौं आइपुगे

काठमाडौं– अमेरिकी सहायक विदेशमन्त्री डोनाल्ड लु एक दिने भ्रमणका लागि शुक्रबार बिहान काठमाडौं उत्रिएका छन्। पछिल्ला केहि दिनदेखि दक्षिण एसियाली मुलुकहरुको भ्रमणका रहेका लु शुक्रबार काठमाडौं आइपुगेका हुन्।

मन्त्री लुले प्रधनमन्त्री पुष्पकमल दाहाल प्रचण्ड, पररष्ट्रमन्त्री एनपी साउद तथा सत्ता घटकको प्रमुख दल नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा, विपक्षी दलका नेता केपी ओलीलाई भेट्ने कार्यक्रम रहेको परराष्ट्र मन्त्रालय स्रोतले बताएको छ।

यसका साथै मन्त्री लुले अमेरिकन चेम्बर अफ कमर्सको नेपालस्थित एक सदस्य संस्थासँग पनि भेट तथा छलफल कार्यकम रहेको राजदूतावासले जनाएको छ। उक्त भेटले नेपालीहरूको सीप विकासमा काम गर्ने उल्लेख छ।

खास–खास समयमा मन्त्री लु नेपालमा
मन्त्री लु पछिल्लो २ वर्षमा तेस्रो भ्रमणका लागि शुक्रबार काठमाडौं उत्रिएका हुन्। यसअघि उनि महत्त्वपूर्ण समयमा नेपाल आएका थिए।

पहिलो भ्रमण उनले २०७८ मंसिरको पहिलो साता गरेका थिए। जतिखेर सिंगो मुलुक एमसीसीले विभाजित थियो। अन्तत: सोहि वर्ष उक्त परियोजनालाई संसद्‌ले अनुमोदन गर्‍यो।

दोस्रो भ्रमण २०७९ को साउनको दोस्रो सातामा भएको थियो। जतिखेर अमेरिकाको अर्को रणनीतिक परियोजना एसपीपीले संसद् र सडक तातेको थियो। तर एसपीपीबाट भने नेपाल पछि हटेको थियो।

एसपीपी सैन्य सम्बन्धीको एक रणनीतिक कार्यक्रम थियो, जुन नेपालले अंगिकार गर्ने परराष्ट्र नीति विपरीत थियो।

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button