७७ वटै जिल्लामा पशुचौंपायमा लम्पी स्किन रोग देखा परे

काठमाडौं – ७७ वटै जिल्लामा पशुचौंपायहरुमा लम्पी स्किन रोग देखा परेकाे छ । याे राेगले विशेष गरी सुदुर-पश्चिम प्रदेश धेरै प्रभावित बनेकाे छ ।
लम्पी स्किन रोगबाट हाल सम्म देशभर २८ हजारभन्दा बढी पशु चौंपायाहरु मरीसकेका छन् भने अर्बौ रुपैंयाको क्षती भइसकेको छ । हालसम्म ७ लाख ४२ हजार १ सय २४ पशु सक्रमित भइसकेका छन् । अहिले पनि यस रोगबाट २ लाख, ३२ हजार ३ सय ९ पशु चौंपायाहरु संकृयरुपमा संक्रमित रहेकाे पशु सेवा विभागका बरिष्ठ पशु विकास अधिकृत डा. चन्द्र ढकालले बताए । विभागका अनुसार हालसम्म दुई लाख ५० हजार ७ सय पशुमा खोप लगाइसकिएको छ ।
पशु सेवा विभागले यस प्रकोपबाट बचाउनका लागि विभिन्न उपायहरू सुझाएको छ । संक्रमित पशुहरूलाई अलग्गै राखेर उपचार गर्नेदेखि संक्रमति पशु चौपायाहरूलाई रोगको प्रकृति हेरेर उपचार गर्न विभागले सुझाव दिएको छ ।




