सुवास नेवाङको निधनको एक वर्ष पुरा

काठमाडौ- नेपालको दोस्रो नयाँ संविधान २०७२ निर्माणमा महत्त्वपूर्ण भूमिका खेल्नुभएका स्वर्गीय सुवास नेम्वाङको निधन भएको एक वर्ष पूरा भएको छ।
उहाँ नेपालको संविधान सभाका दुई कार्यकालअध्यक्ष र संसद्का चार पटक सभामुखका रुपमा कार्य गर्दै देशको राजनीतिक विकासमा उल्लेखनीय योगदान गर्नुभएका व्यक्तित्व हुनुहुन्थ्यो।
सुवास नेम्वाङको बौद्धिक क्षमता, विनम्रता, र नेतृत्व कौशलले नेपाली राजनीतिमा अमूल्य योगदान पुर्याएको छ। उहाँ सधैं राष्ट्रिय एकताको प्रतीक र कुशल मार्गदर्शकको रूपमा सम्झनामा रहनुभएको छ।
नेवाङको असामयिक निधनले नेपाली समाजमा ठूलो शून्यता पैदा गरेको छ। उनको योगदानलाई स्मरण गर्दै एमाले पार्टी कार्यलयमा स्मतृी सभा आयोजना गरी उहाँप्रति श्रद्धान्जली अर्पण गरेका थिए ।
त्यसैगरी प्रतिनिधी सभामा विभिन्न संसदका सदस्यहरुले उहाँको अनुपस्थिती महसुस भईरहेको र एक मेन्टोरलाई गुमाएको भाव विचारहरु प्रस्तुत गर्दै समवेदना सहित श्रद्धान्जली अर्पण गरेका थिए ।
परिवार, र शुभेच्छुकहरूले नेवाङको स्मृतिमा श्रद्धाञ्जली अर्पण गर्दै उनको योगदानलाई जीवन्त राख्ने संकल्प गरेका छन्।
देशको विकासमा उहाँले पुर्याएको योगदानलाई नेपाली जनता र नेतृत्वले सधैं सम्मानका साथ सम्झनेछन्।



