१८ जना सुन तस्करी प्रकरणमा पक्राउ परेका आरोपिलाई थप १५ दिन हिरासतमा राखेर अनुसन्धान

काठमाडौँ – एक क्विन्टल सुन तस्करी प्रकरणमा पक्राउ परेका १८ जना आरोपिलाई थप १५ दिन हिरासतमा राखेर अनुसन्धान गर्न अदालतले अनुमति दिएको छ।

आइतबार उच्च अदालत पाटनले एकै पटक १५ दिन म्याद थप गरेको हो। सुरुमा पक्राउ परेकालाई १० दिन हिरासतमा राख्न अनुमति दिएको थियो।

सुन तस्करी प्रकरणमा आइतबार तब्बतीयन मुलका बेल्जियन नागरिक दावा छिरिङ पक्राउ परेका थिए। करिव सय किलो सुन तस्करी प्रकरणमा राजश्व अनुसन्धान विभागको टोलीले साउन २ गते ५ जनालाई पक्राउ गरेको थियो।

सुरुमा ट्याक्सी चालक अशोक लामा र भन्सार एजेन्ट राजेन्द्र राई थिए। त्यसलगतै रेडी ट्रेडका सञ्चालक दिलीप भुजेल, दिलीपका मामा रामकुमार भुजेल र दिलीपलाई कम्पनी खोल्न लगाउने हर्कराज राई पक्राउ परेका थिए।

भोलिपल्ट तिब्बतीयन मूलका भारतीय नागरिक थुप्तेन छिरिङ पक्राउ परेका थिए। चिनियाँ नागरिक झियाङ निल साउन ४ गते बिमानस्थलबाटै पक्राउ परे। त्यसैदिन कार्गो कम्पनी सञ्चालकहरु राजन श्रेष्ठ, कृष्ण श्रेष्ठ र पुस्करराज भट्टलाई पक्राउ गरेको थियो।

साउन ७ गते तस्करीको सुन भन्सार पास गरेको आरोपमा भन्सार अधिकृत सन्तोष चन्द, एक्सरे अपरेटर सरोज श्रेष्ठ र भन्सार जाँचमै संलग्न कुमार ढकाल र भन्सार एजेन्टहरु यादव शंकर पराजुली, सुदर्शन गौतम र रुकमिना सुब्बा पक्राउ परेका थिए ।

साउन १० गते भाडामा गोदाम खोजिदिने नुवाकोटका सन्तोष तामाङ पक्राउ परेका हुन्। राजश्व विभागले उनीहरुलाई ९० दिनसम्म हिरासतमा राखेर अनुसन्धान गर्न पाउँछ। त्यसपछि मुद्दा दायर गरिने छ। तर सुनका मालिक भने राजश्वले अझै पत्ता लगाउन सकेको छैन।

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button