मधेश प्रदेशमा पाँचौँ पटक मन्त्रिपरिषद् विस्तार

जनकपुरधाम- मधेश प्रदेशमा पाँचौँ पटक सोमबार मन्त्रिपरिषद् विस्तार भएको छ ।

मन्त्रिमण्डलमा जनमत पार्टीका चन्दन सिंह श्रम तथा यातायात मन्त्री नियुक्त भएका छन् । गृह तथा सञ्चार मन्त्रीमा नेपाली कांग्रेसका मोहम्मद समिम नियुक्त भएका छन् ।

दुवै मन्त्रीले हिजो नै पद तथा गोपनीयताको शपथ ग्रहण गरेका छन् । पार्टीले फिर्ता बोलाएपछि सोमबार नै मधेश प्रदेश सरकारमा जनमत पार्टीबाट बिना-विभागीय मन्त्री रहेका वसन्त कुशवाहा र राज्यमन्त्री सञ्जयकुमार यादवले पदबाट  राजीनामा दिएका थिए ।

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button