नेपाल बार एसोसिएसनले आज देशभर बन्दी प्रत्यक्षीकरण बाहेकका मुद्दामा बहस पैरवी नगर्ने

काठमाडौं – नेपाल बार एसोसिएसनले आज देशभर बन्दी प्रत्यक्षीकरण बाहेकका मुद्दामा बहस पैरवी नगर्ने आन्दोलनको कार्यक्रम यथावत राखेको छ ।
यही असार १३ गते जिल्ला अदालत ललितपुरमा नासु तामाङलाई काम गरिरहेको अवस्थामा हातपात गरेको आरोपमा पक्राउ परेका अधिवक्ता अमिर लामिछाने आइतबार साधारण तारेखमा रिहा गरेको थियो ।
तामाङलाई लामिछानेले आक्रमण गरेको भन्दै देशभरका अदालतका कर्मचारीहरुले आन्दोलनस्वरुप आइतबार तीन घण्टा काम नगरी विरोध जनाएका थिए । आइतबार नै नेपाल बार एशोसिएसनले बन्दी प्रत्यक्षीकरण बाहेकका मुद्दामा सोमबार बहस पैरवी नगर्ने घोषणा गरेको थियो ।
जिल्ला अदालत ललितपुरकी नासु प्रेमिका तामाङलाई हातपात गरेको आरोपमा पक्राउ परेका अधिवक्ता अमिर लामिछाने आइतबार रिहा भए पनि आन्दोलनको कार्यक्रम यथावत रहेको हो।




