पत्रकार सुवेदीलाई धम्क्याएकोप्रति महासंघको आपत्ति

काठमाडाैँ । नेपाल पत्रकार महासंघले पत्रकार विनु सुवेदीलाई नेकपा एमालेको विद्यार्थी संगठन अनेरास्ववियुकी अध्यक्ष सुनिता बरालले धम्क्याएको घटनाप्रति आपत्ति जनाएको छ ।

जिम्मेवार पदमा बसेको व्यक्तिबाटै अभिव्यक्ति स्वतन्त्रताको नाममा पत्रकारलाई आक्रमणको ठाडो धम्की दिनु अत्यन्त दुःखद् र अशोभनीय भएको महासंघका महासचिव राेशन पुरीद्वारा जारी विज्ञप्तिमा भनिएकाे छ- ‘समाचारको विषयलाई लिएर अनलाइनखबर डटकममा कार्यरत पत्रकार विनु सुवेदीलाई नेकपा एमालेको भ्रातृ संगठन अनेरास्ववियुका राष्ट्रिय अध्यक्ष सुनिता बरालले समाजिक सञ्जाल ट्वीटरमार्फत कुटपिट गर्ने भनी धम्काएको घटनाप्रति नेपाल पत्रकार महासंघको ध्यानाकर्षण भएको छ । सामाजिक सञ्जालमा विचार अभिव्यक्त गर्नु र त्यसप्रति टीकाटिप्पणी हुनु अभिव्यक्ति स्वतन्त्रता हो । तर अभिव्यक्ति स्वतन्त्रताका नाममा एउटा जिम्मेवार व्यक्तिबाट सामाजिक सञ्जालमार्फत पत्रकारलाई आक्रमणको ठाडो धम्की दिनु अत्यन्त दुःखद् र अशोभनीय काम हो ।’

पत्रकार सुवेदीलाई झापामा रिर्पोटिङ गरेर फर्किएपछि ‘विनु सुवेदीले कुन दिन झापाली जनताको रामधुलाई भेट्छिन्’ भनी एमाले कार्यकर्ताबाट गरेको ट्वीटमा अनेरास्ववियुकी अध्यक्ष बरालले कमेन्ट गर्दै ‘जरुरत पर्लाजस्तो छ’ भनेर धम्की दिएकी थिइन् ।

महासंघले अध्यक्ष बराललाई प्रेसको संवैधानिक स्वतन्त्रता र अधिकार सम्मान गर्न भनेकाे छ ।

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button