आज ३६औँ विश्व एड्स दिवस, देशभर चेतनामूलक कार्यक्रम गरी मनाइँदै

काठमाडौं- आज ३६औँ विश्व एड्स दिवस । ‘समुदायको नेतृत्वमा एड्सको अन्त्य’, भन्ने नारासहित देशभर चेतनामूलक कार्यक्रम गरी मनाइँदैछ ।

हरेक वर्ष डिसेम्बर १ का दिन यो दिवस मनाइने गरेको छ ।  स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयअन्तर्गतको राष्ट्रिय एड्स तथा यौन रोग नियन्त्रण केन्द्र्रले यससम्बन्धी चेतना र सन्देशमूलक कार्यक्रम आयोजना गरी यो दिवस मनाइँदैछ ।

सन् १९८१ मा पहिलो एचआइभी सङ्क्रमित फेला परेदेखि सन् २०२२ को अन्त्यसम्ममा आठ करोड ५६ लाख जनामा सङ्क्रमण भएको छ । सङ्क्रमणका कारण चार करोड चार लाखजनाको मृत्यु भइसकेको छ । विश्वमा हरेक दिन तीन हजार ६ सय मानिस एचआइभी सङ्क्रमित हुने गरेका छन् ।

केन्द्रका अनुसार नेपालमा सन् २०२२ को अन्त्यसम्म ३० हजार व्यक्तिमा एचआइभी सङ्क्रमण भएको अनुमान छ । नेपालमा हरेक दिन एकजना एचआइभीबाट सङ्क्रमित हुने गरेको छ ।

सन् २०२२को डिसेम्वर महिनादेखि २३,२९३ एचआईभी संक्रमितहरुले नेपालको ६१ जिल्लाहरुको ८४ स्थानहरुका स्वास्थ्य संस्थाहरुबाट निशुल्क औषधी उपचार, परामर्श, र एचआईभि निशुल्क जाच्न र अन्य स्वस्थ्य सेवाको व्यवस्था गरिएको छ ।
नयिमित औषधी सेवनले अवसरवादी रोगहरुबाट संक्रमित हुनबाट सुरक्षित भई संक्रमितहरु स्वस्थ्य भई लामो आयू लम्ब्याउन सकिन्छ ।

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button