सुन तस्करी प्रकरणको छानबिनका लागि चार सदस्यीय उच्चस्तरीय जाँचबुझ आयोग गठन

काठमाडौं – सरकारले सुन तस्करी प्रकरणको छानबिनका लागि चार सदस्यीय उच्चस्तरीय जाँचबुझ आयोग गठन गरेको छ ।

मन्त्रिपरिषद्को आकस्मिक बैठकले उच्च अदालतका पूर्वन्यायाधीश डिल्लीराम आचार्यलको संयोजकत्वमा आयोग गठन गरेको हो ।

आयोगको अन्य सदस्यमा अर्थमन्त्रालयका किशोरजंग कार्की, गृहमन्त्रालयका प्रेमराज जोशी र पूर्वएआईजी सहकुल थापा रहेको सञ्चारमन्त्री रेखा शर्माले जानकारी दिइन् ।

संयोजक बनाइएका आचार्य उच्च अदालतका पूर्वन्यायाधीश हुन् । उनी मुख्य न्यायाधीशको वरीयतामा रहेर पनि बढुवा नभई अवकाश भएका थिए ।

समितिले तस्करीजन्य कार्य पूर्णरूपमा नियन्त्रण गर्न मौजुदा कानूनमा गर्नुपर्ने परिमार्जन, संरचनागत सुधार र पटक–पटकको सुन तस्करी सम्बन्धमा नेपाल सरकारका विभिन्न निकायबाट भएका छानबिन अनुसन्धान समेतको अध्ययन गरी तस्करीको प्रकृति, सुनको परिणाम, अपराधको दायरा र सो कार्यमा संलग्न व्यक्तिका सम्बन्धमा थप अनुसन्धान गर्नुपर्ने देखिएमा थप छानबिन अनुसन्धान गरी कानूनबमोजिम कारबाहीका लागि सिफारिश गर्ने कार्यादेश पाएको छ ।

यअसघि प्रधानमन्त्री निवास बालुवाटारमा आइतवार नै बसेको सत्तारुढ दल र प्रमुख प्रतिपक्षी एमालेको बैठकमा जाँचबुझ आयोग गठन गर्ने सहमति गरेको थियो ।

त्रिभुवन विमानस्थल भन्सार बाहिरबाट समातिएको ६० किलो सुनका विषयमा छानबिन गर्न आयोग गठन गर्नुपर्ने माग एमालेले गरेको थियो ।

प्रहरीका तर्फबाट अनुसन्धान सकेर मुद्दा अभियोजन गरिसकेपछि जाँचबुझ आयोग गठन गरिएको हो ।

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button