सुन तस्करी गर्ने भरियालाई नभएर मालिकलाई पक्राउ गर्नुपर्ने

काठमाडौँ – संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री सुदन किराँतीले सरकारले एक सय किलो सुन तस्करी गर्ने भरियालाई नभएर मालिकलाई पक्राउ गर्नुपर्ने बताएका छन् ।

शुक्रवार काठमाडौँ आयोजित २४ औँ अरुण स्मृति दिवस तथा सम्मान कार्यक्रममा बोल्दै मन्त्री किराँतीले यस्तो बताएका हुन् । उनले एक सय किलो सुन तस्करी प्रकरणमा भरिया नभई मालिक पक्राउ गर्न सरकारलाई संघ संस्था र जनताहरूले सडकबाट दबाब सिर्जना गर्नुपर्ने बताए । उनले कसैलाई शक्तिको भरमा न्याय,संविधान र कानुन भन्दा माथि बस्ने अधिकार नभएको भन्दै कानुन विपरीत काम गर्नेलाई सरकारले तत्काल कारबाही गर्ने बताए । उनले सरकार सुशासन र समृद्धि बाटोमा हिँडेर समाजवादमा पुग्ने प्रधानमन्त्रीको निर्देशन र उद्देश्यको बाटोमा हिँडेको बताए ।

उनले सरकारलाई भ्रष्टाचार र तस्करी नियन्त्रण गर्नको लागि जनताको साथ अपरिहार्य रहेको बताए । उनले भ्रष्टाचार र तस्करीको संरक्षण गरेर मुलुकमा सुशासन र समृद्धि हासिल हुन नसक्ने बताए । उनले सुशासन र समृद्धिमा पुग्नको निम्ति सरकारले उठाएका सही कदमहरूको पक्षमा जनता र मिडियाले निष्पक्ष रूपमा भनिदिनुपर्ने बताए ।

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button