उपप्रधानमन्त्री तथा गृहमन्त्री श्रेष्ठलाई हृदयाघात, हाल खतरामुक्त

काठमाडौँ –  हृदयाघातका कारण बेइजिङस्थित अस्पतालमा उपचाररत उपप्रधान तथा गृहमन्त्री नारायणकाजी श्रेष्ठ हाल खतरामुक्त रहनु भएको छ ।

मन्त्रीपरिषद् बैठकपछि सञ्चारकर्मीहरूसँग निर्णयबारे जानकारी गराउँदै सरकारका प्रवक्ता रेखा शर्माले आइसियुमा राखेर उपचाररत श्रेष्ठ खतरामुक्त रहेको बताएकी हुन् । तेस्रो बेल्ट एण्ड रोड फोरम फर इन्टरनेशनल कोअपरेसन (बीआरएफ) मा सहभागी हुन चीन पुगेका उपप्रधानमन्त्री श्रेष्ठलाई हिजो छातीमा एक्कासी समस्या भएपछि अस्पताल भर्ना गरिएको थियो ।

सरकारका प्रवक्ता रेखा शर्माले भन्नुभयो, ‘गृहमन्त्रीज्यु अहिले चीन भ्रमणमा हुनुहुन्छ । उहाँलाई अचानक गएराति हृदयाघात भयो र उहाँको चाइनाको बेइजिङस्थित अस्पतालमा अप्रेसन भएको छ,’ प्रवक्ता शर्माले भनिन्, ‘उहाँ अहिले खतरामुक्त हुनुहुन्छ । केही दिन उहाँ उतै रहनु हुनेछ । बोल्नसक्ने स्थितिमा आउनुभएको छ ।’

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button