भूकम्पमा परी ज्यान गुमाएका १५७ जनाकै शव उनीहरुका आफन्तले बुझे : गृहमन्त्रालय

काठमाडौँ – जाजरकोटको भूकम्पमा परी ज्यान गुमाएका १५७ जनाकै शव उनीहरुका आफन्तले बुझेका छन् । शुक्रबार राति भूकम्पमा परी जाजरकोट र रुकुम पश्चिमका १५७ जनाको ज्यान गुमेको थियो ।

जाजरकोटका १०५ र रुकुम पश्चिमका ५२ जनाको शव आफन्तले बुझेका हुन् । गृहमन्त्रालयले सबै आफन्तले मृतकको शव बुझेको जानकारी दिएको हो ।

भूकम्पमा परी २ सयभन्दा बढी मानिसहरु घाइते भएका छन् भने १४६ उपचारपछि घर फर्किसकेको जानकारी पनि गृहमन्त्रालयले दिएको छ ।

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button