पूर्वगृहमन्त्री खाण नक्कली शरणार्थी प्रकरणमा पक्राउ

काठमाडौँ – पूर्वगृहमन्त्री बालकृष्ण खाण नक्कली भुटानी शरणार्थी प्रकरणमा मुछिएर  पक्राउ परेका छन्।

नेपाली कांग्रेसका नेता समेत रहेका खाण बुधबार बिहान उनकै निवासबाट पक्राउ परेको प्रहरी उच्च स्रोतले जानकारी दिएको छ।

उनलाई प्रहरी परिसर टेकु लगिएको छ। उनी गृहमन्त्री हुँदा गृह सचिव रहेका टेकनारायण पाण्डेसहित १० जना यो प्रकरणमा पक्राउ परिसकेका छन्।

हिरासतमा रहेका पाण्डेले पूर्वगृहमन्त्री खाणसहित अन्यको पनि नाम लिएको र पक्राउ गर्ने क्रम जारी रहेको प्रहरीले बताएको छ।

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button