नेपालले जित्यो एसिसी यू- १९ प्रिमियर कपको उपाधि, प्रधानमन्त्रीले दिए बधाई

काठमाडौँ– मलेसियाको क्वालालम्पुरमा हिजो भएको नेपालले यू १९ प्रिमियर कप क्रिकेटको उपाधि जितेको छ । नेपालले युएईलाई १९ रनले पराजित गरेको छ ।

मलेसियामा भएको खेलमा युएईले १९८ रनको लक्ष्य पाएको २६.५ ओभरमा १७८ रन बनाएपछि नेपाल १९ रनले विजयी भएको हो ।

टस जितेर पहिले ब्याटिङ गरेको नेपालले निर्धारित ५० ओभरमा ८ विकेट गुमाएर युएईलाई २८१ रनको लक्ष्य दिएको थियो । खेल वर्षाले प्रभावित भएपछि २७ ओभरमा समेटेर डकवर्थ लुइस पद्धतिमा नयाँ लक्ष्य तय गरिएको थियो ।

यू १९ प्रिमियर कप क्रिकेटको उपाधि जितेकोमा प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले एसीसी यू–१९ प्रिमियम कपका विजेता खेलाडीहरुलाई बधाई दिएका छन् ।

नेपाली क्रिकेट टोलीले विशेष उपाधि जितेर इतिहास रचेको सामाजिक सञ्जालमा प्रधानमन्त्री दाहालले क्रिकेट खेलाडीहरूलाई उत्कृष्ट प्रदर्शन गरेकोमा कृतज्ञता व्यक्त गरेका छन् ।

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button