कांग्रेस केन्द्रीय समिति बैठक दिउँसो ४ बजेबस्दै

काठमाडौं  – नेपाली कांग्रेस केन्द्रीय समितिको बैठक सानेपा, ललितपुर स्थित केन्द्रीय कार्यालयमा दिउँसो ४ बजे बस्दैछ ।

गत साउन २ गते देखी जारी बैठकमा केन्द्रीय सदस्यहरूले धारणा राखिसके पछि गत सोमवार देखी भने पार्टी पदाधिकारीले आफ्नो धारणा राखेका थिए ।

जसअनुसार उपसभापतिद्वय पूर्णबहादुर खड्का र धनराज गुरुङ, महामन्त्रीद्वय गगनकुमार थापा र विश्वप्रकाश शर्मा, केन्द्रीय सदस्यहरू कृष्णप्रसाद सिटौला, सीता गुरुङ र राजीव कोइरालाले आ–आफ्नो धारणा राखेका थिए ।

आजको बैठकमा केन्द्रीय सदस्यहरूले राखेका धारणा तथा छलफलका विषयलाई निष्कर्ष दिने तथा सभापति शेरबहादुर देउवाले जवाफ दिने कार्यक्रम रहेको जनाइएको छ ।

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button