सङ्क्रमणकालीन न्यायले दिगो शान्ति कायम गर्ने महासचिव गुटेरेसको विश्वास

काठमाडौँ– संयुक्त राष्ट्रसङ्घका महासचिव एन्टोनियो गुटेरेसले सङ्क्रमणकालीन न्याय जटिल प्रक्रिया भए पनि यसले दिगो शान्ति कायम गर्न महत्त्वपूर्ण भूमिका निर्वाह गर्ने बताएका छन्।

सङ्घीय संसद्को दुवै सदनको संयुक्त बैठकलाई आज सम्बोधन गर्दै उनले भने, ‘तपाईँहरू आफ्नो शान्ति प्रक्रियाको अन्तिम चरणमा हुनुहुन्छ, सङ्क्रमणकालीन न्यायको माध्यमबाट युद्धको घाउ निको पार्दै हुनुहुन्छ, सङ्क्रमणकालीन न्यायले दिगो शान्ति कायम गर्न महत्त्वपूर्ण भूमिका खेल्न सक्छ । तर यो सजिलो भने छैन । स्वभावतः यो एक नाजुक र जटिल प्रक्रिया हो ।’

नेपालको चारदिने औपचारिक भ्रमणबाट आफू ज्यादै खुसी भएको उल्लेख गर्दै महासचिव गुटेरेसले नेपाल विश्वको मित्र भएको पनि उल्लेख गरे। उनले भने, ‘पछिल्ला केही दिनमा यो असाधारण देशको भ्रमण गर्न पाउँदा म ज्यादै खुसी छु । मैले देखेका कुराले एक सामान्य सत्यलाई पुष्टि गर्दछन्, नेपाल विश्वको मित्र हो ।’

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button