सरकारले स्थापना गरेका भूकम्प पीडितहरुको राहत र उद्दार कोषमा राहत आउने क्रम जारी

काठमाण्डौ – जाजरकोट जिल्लाको बारेकोट गाउँपालिका वडा नं १ रामिडाँडालाई केन्द्रबिन्दु बनाएर शुक्रबार राती गएको भूकम्पबाट पीडितहरुको राहत र उद्दारका लागि सरकारले स्थापना गर्ने राहत कोषमा राष्ट्रिय सभाका अध्यक्ष गणेशप्रसाद तिमिल्सिनालेआफ्नो एक महिनाको तलब जम्मा गर्ने निर्णय गर्नुभएको छ ।

यसैगरी  नेपाली कांग्रेसले जाजरकोट भूकम्प पीडितका लागि उद्धार, राहत तथा पुनस्थापना लागि सरकारको कोषमा ५० लाख दिने घोषणा गरेको छ ।

बागमती प्रदेश सरकारले पनि भूकम्पपीडितको तत्काल प्रभावकारी उद्धार, उपचार, राहत र पुनःस्थापनाका लागि एक करोड ५० लाख रुपैयाँ सहयोग उपलब्ध गराउने भएको छ ।

यसैगरी कर्णाली प्रदेश सरकारले भूकम्प प्रभावित क्षेत्रमा उद्धार तथा राहतलाई प्राथमिकतामा राखेर सरकारका सबै संयन्त्र परिचालन गर्ने निर्णय गरेको छ ।

शुक्रबार ११.४७ बजेको समयमा गएको ६.४ म्याग्निच्युटको भूकम्पका कारण जाजरकोट र पश्चिम रुकुम जिल्लामा मानवीय र भौतिक क्षति पुर्‍याएको छ भने हालसम्म एक सय ५७ जनाको मृत्यु भएको छ । भूकम्पबाट हालसम्म  २०२ जना घाइते भएका छन् ।

 

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button