भूकम्पबाट पीडित जनता जोगाउनुहोस्, व्यवस्था आफैं जोगिन्छ :रास्वपा सभापति लामिछाने

काठमाडौं– राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले भूकम्पबाट पीडित बनेका जनताहरुलाई यतिबेला बचाउनतिर ध्यान नदिएर व्यवस्था जोगाउन भन्दै सर्वदलीय बैठक बसेको भन्दै आपत्ति जनाएका छन्।

उनले यतिबेला भूकम्पबाट पीडित जनालाई पाल र ब्ल्यांकेट चाहिएको, चिसोबाट ज्यान जोगाउनु परिरहेको अवस्थामा उनले सर्वदलीय बैठक बस्ने दललाई जनता जोगाउनतिर लाग्न सुझाव दिएका हुन्।

उनले यदि शीर्ष दलहरुले सक्दैनन् भने रास्वपाले जनताको लागि काम गर्न सक्ने र त्यसका लागि तयार रहेकोसमेत लामिछानेले बताएका छन्।

चुनौती दिँदै उनले भनेका छन्, ‘तपाईंहरुले सक्नु हुन्न भने भन्नुस्, रास्वपाले सक्छ र रास्वपा तयार छ त्यो पनि पुनर्निर्माणसम्मको जिम्मा लिन तयार छ। फेरि पनि भन्छु, व्यवस्थामा खतरा छैन, भए पनि जोगाउने जनता छन्। तिनको जीवन रक्षा गरिदिनुस्।’

उनले जनता परिवर्तनका लागि तातो गोली खानसमेत पछि नहटेका जाजरकोट, रुकुम र बझाङका जनतालाई यस्तो चिसोमा आकाशमुनि सुत्न बाध्य पारेर परिवर्तन जोगाउने बैठकको दृश्यले आफ्ना आँखा नराम्ररी बिझाएको बताएका छन्।

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button