मौजुदा दलका शीर्ष नेताहरूलाई राजनीतिबाट विश्राम लिन आग्रह :कांग्रेस महामन्त्री थापा

काठमाडौं- कांग्रेस महामन्त्री गगनकुमार थापाले मौजुदा दलका शीर्ष नेताहरूलाई राजनीतिबाट विश्राम लिन आग्रह गरेका छन्। यो व्यवस्थाको हीतका लागि पनि शीर्ष नेताहरूले सक्रिय राजनीति त्याग्नुपर्ने उनको तर्क छ।

मंगलबार मात्र तत्कालीन बाह्रबुँदे सम्झौता गर्ने दलहरूको बैठक बसेको थियो। सो बैठकमा वर्तमान व्यवस्थाको मजबुतिका लागि एकबद्ध भएर लड्ने समझदारी गरेका थिए।

सोही कुरालाई लक्षित गर्दै थापाले समाजिक संजालमार्फत् उक्त अपिल गरेका हुन्।

उनले लेखेका  छन्:
यो गणतान्त्रिक व्यवस्था स्थापना गर्न तपाईंहरू (शीर्ष नेता ) ले निभाउनु भएको भूमिका महत्त्वपूर्ण छ। इतिहासले सधैं सम्झिने छ। तपाईंहरू फेरी भन्दै हुनुहुन्छ यो व्यवस्था बलियो बनाउन एकजुट हुनु पर्‍यो। मैले भन्दै आएको छु, फेरि भन्छु-‘तपाईं शीर्ष नेताहरूले यो व्यवस्थामा गर्न र दिन सक्ने सबै योगदान दिइसक्नुभयो। अब सक्रिय राजनीतिबाट विश्राम लिदिनु भयो भने, यो व्यवस्थालाई कसैले केही गर्नै सक्दैन।’

यो व्यवस्थालाई बलियो बनाउन तपाईंहरू एकजुट भएर यही एउटा मात्रै काम गरिदिनुहोस् । इतिहासले तपाईंहरूलाई अझै श्रद्धापूर्वक सम्झिने छ,सम्मान गर्नेछ। र, गणतन्त्रविरुद्ध जस्तो अराजक आवाजहरू उठिरहेका छन्, ती आवाजहरू आफैं हराउँदै जानेछन्। आम जनतामा व्यवस्था प्रतिको विश्वास अझै मजबुत हुनेछ।

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button