सिराह ख्रिष्टियन समाजको १४औ वार्षिक साधरण सभा सम्पन्न

सिरहा- सिरहा ख्रिीष्टयन समाजको १४औ बार्षिक साधारण सभा लाहान न.पा.मा भएको नव जिवन एजि चर्चका आयोजना गरिएको थियो ।
उक्त सभामा सिरहा जिल्लाका प्राय सबै मण्डलीहरुका अगुवाहरुको उपस्थितीमा समाजको बार्षिक कार्यक्रम र आय व्ययको प्रतिबेदन सचिव र कोषध्यक्षद्धारा प्रस्तुुत गरिएको प्रतिवेदनलाई सभाबाट पारित गरिएको थियो ।
यस साधारण सभाले समाजको कार्यसमितीको विघटनगरी नयाँ कार्यसमितीको चयन गरि आउँदो वर्षहरुमा समाजद्धारा गरिने कार्यक्रमहरुको जानकारी नव गठित कार्यसमितीका सचिवद्धारा प्रस्तुत गरिएको थियो ।
कार्यक्रमको संचालन नव जिवन एजी चर्च लाहान पा. प्रकाश थापाले गर्नु भएको थियो, आराधानाको अगुवाई यूवा टीमका अगुुवा रिनेश लामाले गर्नु भएको थियो भने उपस्थित सभाका सदस्यहरुलाई परमेश्वरको बचनको सेवा संस्थापक तथा अध्यक्ष पा.जोना योन्जनले गर्नु भएको थियो ।
सिरहा ख्रिष्टियन समाजको आफनै जग्गा खरिदगरी पर्खाल निर्माण को कार्य भईरहेको अवस्थामा आगामी दिनमा सामुदायिक भवन निर्मााण गर्ने र सिपमूलक कार्यक्रमहरु, असाह गरिवहरुको सेवा र अगुवापन निर्माणका साथै नयाँ पुस्ताहरुलाई जागरुकताको कार्यक्रमहरु जस्तै खेलकूद, संगित लगाएत अन्य कार्यक्रमहरु संचालन गर्ने वा गराउने तयारीमा रहेको विषयलाई सबै सभामा सदस्यहरुले परमेश्वरसँग प्रार्थनामा जाहेर गरेका थिए र अन्तमा नब गठित कार्यसमितीका सदस्यहरुलाई सम्र्पणको प्रार्थनासाथ सभाको बैठकलाई समापन गरिएको थियो ।




