एमालेले शुक्रबारका लागि बोलाइयो स्थायी कमिटी बैठक, दुई अजेन्डामा छलफल हुने
काठमाडौं । प्रमुख प्रतिपक्षी दल नेकपा एमालेले स्थायी कमिटीको बैठक बोलाएको छ । कार्यालय सचिव शेरबहादुर तामाङले बैठक शुक्रबार अपराह्न ४ बजे तुल्सीलाल स्मृति प्रतिष्ठानमा बस्ने जानकारी दिए ।
बैठकमा दुई अजेन्डामा छलफल हुने उनले बताए । पहिलो, विधान महाधिवेशन (प्रतिनिधि, दस्तावेज र व्यवस्थापन तयारी, दोस्रो चालु संसद्मा पार्टीको भुमिका)बारे छलफल हुनेछ ।
एमाले विभाजनको सन्दर्भमा सभामुखको भूमिकालाई लिएर एमालेले बुधबारको प्रतिनिधि सभा र राष्ट्रिय सभा अवरोध गरेको थियो । एमालेले एकीकृत समाजवादीका सांसद्हरुलाई सदनबाट निष्कासन गर्न माग गरेको थियो ।



