गठबन्धनका शीर्ष नेताको बैठक बस्दै, मन्त्रालय बाँडफाँट टुंग्याउने तयारी

काठमाडौं– सत्तारुढ गठबन्धनका शीर्ष नेताको बैठक बस्दै छ। मन्त्रालय भागबन्डा टुंग्याउने र मन्त्रिपरिषद् विस्तार गर्ने विषयमा छलफल गर्न शीर्ष नेताको बैठक बस्न लागेको हो।

बैठक अहिले बिहान ९ बजे बालुवाटारमा बस्दै छ। यसअघि सोमबार बसेको शीर्ष नेताको बैठकले आजसम्म मन्त्रिपरिषद्लाई पूर्णता दिने निर्णय गरेको थियो।

गठबन्धनमा नेपाली कांग्रेस, नेकपा माओवादी केन्द्र, नेकपा एकीकृत समाजवादी, जनता समाजवादी, राष्ट्रिय जनमोर्चा रहेका छन्।शेरबहादुर देउवा नेतृत्वको गठबन्धन सरकार बनेको डेढ महिना बितिसक्दा पनि सरकारले पूर्णता पाउन नसक्दा आलोचना भइरहेको छ।

नेकपा एमालेबाट विभाजित भएर बनेको नेकपा एकीकृत समाजवादीले निर्वाचन आयोगबाट आधिकारिकता पाएसँगै सरकार विस्तारबारे गठबन्धनमा छलफल सुरु भएको हो।

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button