प्रतिनिधिसभा शून्य समयमा खच्चडको उद्धारदेखि मधेसमा खानेपानीका समस्यासम्म

काठमाडौँ- प्रतिनिधिसभा सांसदहरुले कर्णाली नदीमाथिको झोलुङ्गे पुलको लट्ठा चुँडिएपछि फसेका खच्चडको उद्धारदेखि तराई–मधेसमा बढेको खानेपानीको समस्यासम्मका विषयको उठाउनुभएको छ ।

सभाको मंगलबारको बैठकको शून्य समयमा उहाँहरुले मधेस प्रदेशमा एक साताअघि हावाहुरीले पु¥याएको क्षतिको राहत, तिब्बतमा पक्राउ परेका नेपालीको उद्धार, जलवायु परिवर्तनले तापक्रम वृद्धि भएकोलगायत विषयमा सरकारको ध्यानाकर्षण गराउनुभएको हो ।

सांसद प्रेम सुवालले प्रधानमन्त्री र मन्त्रीहरुको विदेश भ्रमणअघि केके विषयमा कुराकानी हुने हो त्यसबारेमा सदनलाई जानकारी गराउन माग गर्नुभयो । सांसद वासुदेव घिमिरेले जलवायु परिर्वतनका कारण नेपालको तराई क्षेत्रमा अत्यधिक तातक्रम बढेको र त्यसका लागि वृक्षरोपण र लालतलैया संरक्षणको अभियानमा लाग्न सरकारको ध्यानाकर्षण गराउनुभयो ।

सांसद विन्ध्वासिनी कंसाकारले समाजमा मानसिक स्वास्थ्यलाई धेरै ध्यान दिनुपर्ने जरुरी भएका र त्यसका लागि छुट्टै ‘हटलाइन’ सेवाको सुरुआत गर्नुपर्नेमा सरकारको ध्यानाकर्षण गराउनुभयो । सांसद विना देवीले मधेस प्रदेश कृषिका लागि महत्वपूर्ण भए पनि पानी नपरेकाले बाली लगाउन पाएको नपाएको हुँदा सिँचाइको व्यवस्था गर्न सरकारको ध्यानाकर्षण गराउनुभयो ।

सांसद विनिता कठायतले मुगुको उत्तरी भेगको करिब एक हजार तीन सय घरधुरीले खानेपानीको समस्याका भोग्नुपरेको र सो स्थानका बासिन्दा खानेपानीको व्यवस्था गर्न सरकारको गम्भीर ध्यानाकर्षण गराउनुभयो । सांसद विमला सुवेदीले नुवाकोटको सडक निर्माणलाई  तीव्रता दिन सरकारको ध्यानाकर्षण गराउनुभयो ।

सांसद पुष्पबहादुर शाहले अछाममा कर्णाली नदीमा रहेको झोलुङ्गे पुलको लट्ठा चुँडिएर फसेका १४ मध्ये १२ खच्चडको उद्धार गरिएको  दुई मरेको सन्दर्भमा सरकारको ध्यानाकर्षण गराउँदै अहिले उक्त पुलमा आवतजावत बन्द भएको बताउनुभयो । साथै उहाँले स्थानीयको दैनिकीमा बाधा भएकाले यथाशीघ्र सञ्चालनमा ल्याउन र अन्य अन्य पुलको पनि समयमै मर्मत गर्न गर्नुभयो ।

सांसद पूर्णबहादुर घर्तीमगरले बागलुङमा काम सम्पन्न नहुँदै बाटो जीर्ण हुँदै गएको र ठेकेदारले लापरवाही गरको भन्दै सरकारको ध्यानाकर्षण गराउनुभयो । सांसद प्रतिक्षा तिवारीले काठमाडौँ गरिब हटाउने नभई गरिबी हटाउन माग गर्नुभयो ।

सांसद प्रदीप पौडेलले सरकारी कार्यालयमा राम्रो व्यवहार नहुने र ढिलासुस्ती हुने गरेको उल्लेख गर्दै युवामा बढेको निराशा हटाउन पनि सेवाग्राहीसँग राम्रो र उचित व्यवहार गर्न आग्रह गर्नुभयो ।

सांसदद्वय प्रभु साह र प्रभु हजाराले एक साताअघि आएको हावाहुरीले बारा र पर्सामा घर र बालीनालीमा ठूलो क्षति भएकाले पीडितलाई तत्काल राहत र क्षतिपूपर्ति दिलाउन माग गर्नुभयो ।

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button