नारायणगढ–मुग्लिन सडकखण्ड रातिको समयमा बन्द हुने

चितवन-अविरल वर्षाका कारण हुने सम्भावित जोखिमलाई मध्यनजर गर्दै नारायणगढ–मुग्लिन सडकखण्ड रातको समयमा बन्द गर्ने निर्णय गरिएको छ।
राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणको निर्देशनअनुसार, लगातारको भारी वर्षाका कारण सडक क्षेत्रमा पहिरो खस्ने सम्भावना रहेकोले यस्तो निर्णय गरिएको हो।
जिल्ला प्रहरी कार्यालयका प्रमुख, भावेश्वर रिमालले जानकारी दिनुभयो कि आज र भोली रातको समयमा सवारी साधन सञ्चालनमा रोक लगाइएको छ। उहाँका अनुसार, साँझ ७ बजेदेखि बिहान ५ बजेसम्म सवारीसाधन सञ्चालन गर्न प्रतिबन्ध लगाइएको छ। अत्यावश्यक सवारी साधनहरूलाई भने यो नियम लागू नहुने छ। नारायणगढतर्फ आँपटारी र मुग्लिनतर्फ मुग्लिन बजार क्षेत्रमा अन्य सवारीसाधनहरू रोकिने व्यवस्था गरिएको छ।
यो निर्णयले पहिरोको जोखिम न्यूनीकरण गर्न सहयोग पुर्याउने र सवारीसाधन तथा यात्रुहरूको सुरक्षालाई सुनिश्चित गर्ने लक्ष्य राखिएको छ।




