समाजवादी गणतन्त्र बनाउन सबै कम्युनिष्टहरु एक ठाउँमा उभिनुपर्ने : प्रधानमन्त्री दाहाल

काठमाडौं – प्रधानमन्त्री पुष्पकमल दाहालले समाजवादी गणतन्त्र बनाउन सबै कम्युनिष्टहरु एक ठाउँमा उभिनुपर्ने बताएका छन् ।आईतवार मकवानपुरको हेटौंडामा आयोजित समाजवादी मोर्चाको कार्यक्रमलाई सम्बोधन गर्दै उनले यस्तो बताएका हुन् ।

उनले कम्युनिष्टहरु विभाजित मात्रै हुन्छन् भन्ने भाष्य बनाउन खोजिएको भन्दै कम्युनिष्टहरु आवश्यकता पर्दा एकजुट भएर साझा समस्याका बिरुद्ध, साझा दुश्मनका बिरुद्ध लड्न त्यत्तिकै सिपालु छन् भन्नेकुरा सावित गर्नुपर्ने बताए ।

प्रधानमन्त्री दाहालले निरंकुश राजतन्त्रवादीहरुले लोकतान्त्रिक आन्दोलनका नेतामाथि खुलेआम खुकुरी प्रहार गर्ने घटना सामान्य नभएको बताए । उनले कम्युनिष्ट कमजोर हुँदा विपक्षीहरुले शिर उठाउने कुचेष्टा गरिरहेको बताए । उनले समाजवादी मोर्चाले केही समयपछि राष्ट्रियता, जनजीविकाको विषयलाई लिएर लाखौँ जनतालाई सडकमा उतार्ने बताए ।

उनले भने, ‘तपाईहरुले कहिले कहीँ सोसल मिडिया हेर्ने हो भने सुन्नै नसकिने, चित्र हेर्नै नसकिने, लाजै मर्नु त्यस्तो हेर्नु परिरहेको छ । किनकी हामी अलि कमजोर देखिएपछि कसरी प्रतिक्रान्तीहरुको मनोबल उठ्दो रहेछ, पूरा होहल्ला गरेर अब अस्ति त काठमाडौंमा खुकरी हान्ने, निरंकुश राजतन्त्रका दलालहरु, भ्रष्ट गुण्डाहरुले लोकतान्त्रिक आन्दोलनका नेतामाथि खुलेआम खुकुरी प्रहार गर्ने घटना सामान्य घटना होइन, सबै सचेत हुनुपर्छ । यो मोर्चा सन्देश सभाको रुपमा छ, हल भित्र जम्मा भएका छौँ । केही समयपछि राष्ट्रियता, जनजीविकाको विषयलाई लिएर हामीले लाखौँ जनतालाई सडकमा ल्याउँछौँ । सामन्ती दलाललाई जनताको तागत सात्तो जाने गरी प्रदर्शन गर्नेछौँ ।’

प्रधानमन्त्री दाहालले भ्रष्टाचारबिरुद्धका फाइल खोलेर कारबाही गर्नेकुरा एउटा प्रधानमन्त्रीले नसकिने बताउनु भयो । उनले आफूले देशमा समृछिको लडाईं छेडेको र कति समय प्रधानमन्त्री हुन्छु भन्ने डर नभएको बताए ।

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button