नेपाल सरकार र अदालत दुबै भारतको गुलाम भएको आरोप
काठमाडौँ – काठमाडौँ महानगरका मेयर बालेन्द्र शाहले नेपाल सरकार र अदालत दुबै भारतको गुलाम भएको आरोप लगाएका छन् ।
उच्च अदालत पाटनले सेन्सर बोर्डले प्रदर्शन अनुमति दिएका कुनै पनि फिल्म प्रर्दशनमा रोक नलगाउन अल्पकालिन आदेश दिएको छ । अदालतको लिखित आदेश प्राप्त भएपछि सेन्सर पास भएका भारतीय फिल्म चलाउने तयारीमा चलचित संघ लागेको छ ।
शाहले भारतीय फिल्म चलाउन लगाएको प्रतिबन्धविरुद्ध चलचित्र संघले अदालतमा दायर गरेको रिट निवेदनमाथि सुनुवाईपछि यस्तो आदेश दिएको हो । अदालतका न्यायाधीश धीरबहादुर चन्दको एकल इजलासले यस्तो आदेश दिएको हो ।
तर, शाहले भने फिल्म चल्न नदिने र आफू देशको सार्वभौमिकको सवालमा सम्झौता नगर्ने बताएका छन् ।


