डा. केसीका माग कार्यान्वयनका लागि समिति गठन

काठमाडौं । डा. गोविन्द केसीसँग गरेको पाँच बुँदे सहमति कार्यान्वयनका लागि सरकारले समिति गठन गरेको छ । मन्त्रालयका प्रमुख विशेषज्ञ डा. दीपेन्द्ररमण सिंहको संयोजकत्वमा समिति गठन भएको हो ।

समितिमा नेपाल मेडिकल काउन्सिलका अध्यक्ष डा. भगवान कोइराला, शिक्षा मन्त्रालय, स्वास्थ्य मन्त्रालय र कानुन मन्त्रालयका सहसचिव सदस्य रहेका छन् ।

प्रधानमन्त्री शेरबहादुर देउवाले भदौ १ गते ५ बुँदे प्रतिबद्धता जनाएपछि ३ भदौबाट बस्ने भनिएको डा. केसीको अनसन स्थगित भएको थियो ।

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button