आज प्रधानमन्त्रीले प्रतिनिधि सभालाई सम्बोधन गर्ने

काठमाडौं, २४ फागुन । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले प्रतिनिधि सभाको बैठकलाई सम्बोधन गर्ने भएका छन् ।

आज बिहान ११ बजेदेखि बस्ने गरी तय भएको बैठकमा प्रचण्डले सम्बोधन गर्ने भएका हुन्।

आजको बैठकमा सभामुखले राष्ट्रपतिको कार्यालयबाट प्राप्त मन्त्रिपरिषद् गठन सम्बन्धी पत्रको व्यहोरा पढेर सुनाउने र महिला तथा सामाजिक मामिला समितिका सभापति किरण कुमार साहले महिला तथा सामाजिक मामिला समितिको वार्षिक प्रतिवेदन (आर्थिक वर्ष २०७९/०८०)पेश गर्ने कार्यसूची रहेको छ ।

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button