काठमाडौं उपत्यकामा हल्का पानी परेकाले प्रदूषण कम

काठमाडौं –जल तथा मौसम विज्ञान विभागको मौसम पूर्वानुमान महाशाखाका मौसमविद गोविन्द झाले काठमाडौं उपत्यकामा हल्का पानी परेकाले प्रदूषण कम गर्न सहयोग गरेको बताएका छन् ।

उनले भने, ‘वायुमण्डलमा थुप्रिएको हावाका कणहरुलाई पानीले तल झारेको छ । त्यसले गर्दा काठमाडौं नजिकका पहाडहरु छ्याङ्ग देखिन थालिसकेका छन् ।’

मौसम पूर्वानुमान महाशाखाका अनुसार बिहीबार  दिउँसो काठमाडौं उपत्यकामा सबैभन्दा धेरै सुन्दरीजलमा ९ मिलिमिटर वर्षा भएको छ । यसैगरी कीर्तिपुरमा ७.२ मिलिमिटर वर्षा मापन भएको छ ।

केही दिनयता पानी पनि नपर्दा र हावा पनि नचल्दा काठमाडौं विश्वमै सबैभन्दा प्रदूषित बनेको थियो ।

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button