आफनै छोरीको हत्या गरेको अभियोगमा बुवा पक्राउ

रूपन्देही –कंचन गाउँपालिका-५ बर्गदवा बस्ने ४८ वर्षीय नारायण बहादुर घर्ती क्षेत्रीलाई आफ्नै छोरी १७ वर्षीया अञ्जली घर्ती क्षेत्रीको हत्या गरेको अभियोगमा  बिहीबार बिहान प्रहरीले पक्राउ गरेको छ ।

नारायणले बुटवल उपमहानगरपालिका-४ लुम्बिनी स्थित मालिका होटल एण्ड लजमा अञ्जलीलाई फलामको रडले टाउकोमा प्रहार गर्दा मृत्यु भएको भन्ने खबर प्राप्त हुना साथ इलाका प्रहरी कार्यालय रुद्रपुरबाट खटिएको प्रहरीले उनलाई पक्राउ गरेको हो ।

नारायणले एक्कासी छोरीलाई फलामको रडले हान्नु पर्ने कारणबारे  सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button