आज बिहान नेपालको नयाँ प्रधानमन्त्रीमा केपी शर्मा ओली नियुक्त हुदै, बेलुका शपथ

काठमाडौँ – नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले प्रधानमन्त्रीमा दाबी पेस गरेका छन् ।

राष्ट्रपति रामचन्द्र पौडेलले नेपालको संविधानको धारा ७६ को उपधारा २ बमोजिम प्रधानमन्त्री पदका लागि दाबी पेस गर्न आह्वान गरे लगत्तै ओलीले नेपाली कांग्रेसको समर्थनमा प्रधानमन्त्रीको दाबी पेस गरेका हुन्।

दाबी पेस गर्न एमाले अध्यक्ष ओली, कांग्रेस सभापति शेरबहादुर देउवा, कांग्रेस प्रमुख सचेतक रमेश लेखक, एमाले उपाध्यक्ष विष्णु पौडेल, एमाले प्रमुख सचेतक महेश बर्तौला, पूर्वमहान्यायाधिवक्ता रमेश बराल लगायत शीतल निवास पुगेका थिए।

प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले शुक्रबार प्रतिनिधि सभा बैठकमा विश्वासको मत नपाएपछि राष्ट्रपति पौडेलले संविधानको धारा ७६ को उपधारा ९२० बमोजिम प्रतिनिधि सभामा प्रतिनिधित्व गर्ने दुई वा दुईभन्दा बढी दलको समर्थनमा बहुमत प्राप्त गर्न सक्ने प्रतिनिधि सभाको सदस्यलाई नेपालको प्रधानमन्त्री पदमा नियुक्ति गर्ने प्रयोजनका लागि आइतबार साँझ ५ बजेभित्र दाबी पेस गर्न आह्वान गरेका थिए ।

राष्ट्रपति कार्यालय स्रोतका अनुसार आज आइतबार बिहान राष्ट्रपति पौडेलले ओलीलाई प्रधानमन्त्रीमा नियुक्त गर्नेछन् भने आइतबार दिउँसो शपथ हुनेछ ।

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button