होलीको माहोलमा रुद्रसेन विश्वकर्माको ‘होली सररर’ सार्वजनिक

काठमाडौं – रंगहरूको उल्लासमय पर्व होलीको अवसर पारेर गायक तथा संगीतकार रुद्रसेन विश्वकर्माले आफ्नो नयाँ गीत ‘होली सररर’ भव्य रूपमा सार्वजनिक गरेका छन्। फागुन २२ गते सार्वजनिक गरिएको यस गीतमा शब्द र संगीत स्वयम् रुद्रसेनकै रहेको छ भने लोकप्रिय गायिका समीक्षा अधिकारीले आफ्नो सुमधुर स्वरले गीतमा अझ मिठास थपेकी छन्।

यस गीतको भिडियोमा दर्शकहरूलाई मोहित पार्ने आकर्षक अभिनय र नृत्य समेटिएको छ। चर्चित अभिनेता आर्यन सिग्देल, मोडल बिना राउत र स्वयं गायक रुद्रसेन विश्वकर्माको शानदार प्रस्तुतिले भिडियोलाई झनै मनमोहक बनाएको छ। भिडियोको छायांकन ओम प्रसाईले गरेका हुन् भने सम्पादन अमृत चापागाईंले गरी उत्कृष्ट दृश्य संयोजन प्रस्तुत गरेका छन्।

ओमकार टेलिभिजनको चर्चित कार्यक्रम ‘पञ्चामृत’ मा कुरा गर्दै गायक रुद्रसेन विश्वकर्माले भने, “आर्यन सिग्देलले पहिलो पटक होली गीतमा अभिनय गरेका छन्। उनको प्रभावशाली अभिनयले गीतलाई अझ आकर्षक र जीवन्त बनाएको छ।”

गीत युट्युबसहित विभिन्न डिजिटल प्लेटफर्महरूमा सुन्न सकिन्छ ।

गीत सुन्न र हेर्नको लागि यहाँ क्लिक गर्नुहोला ।
https://youtu.be/BLb29WdRlb4?si=pg5lP-oKgMqW2k2c

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button