मोहन निरौला चलचित्र कलाकार संघको अध्यक्षमा निर्वाचित

काठमाडौं- चलचित्र कलाकारहरूको छाता संस्था ‘नेपाल चलचित्र कलाकार संघ’को अध्यक्षमा मोहन निरौला निर्वाचित भएका छन् ।
हिजो शनिवार राजधानीमा सम्पन्न संघको १९ औं साधारणसभा पश्चात भएको निर्वाचनमा प्रतिद्वन्द्वी रेजिना उप्रेतीलाई २६ मतले हराउँदै निरौला अध्यक्षमा निर्वाचित भएका हुन् ।
निरौलाले २ सय ३५ मत पाए भने उप्रेतीले २ सय ९ मत मात्र प्राप्त गरेकी छिन् ।
झन्डै ७ सय सदस्य रहेको संघको निर्वाचनमा ४ सय ६८ जनाले मात्रै मतदान गरेका थिए ।
त्यसैगरी ५ जनाको उम्मेदवारी परेको महासचिवमा अभिनेता सबिन श्रेष्ठ निर्वाचित भएका छन् । सह–कोषाध्यक्षमा पवित्रा आचार्य यसअघि नै निर्विरोध निर्वाचित भइसकेकी छन् ।




