सिराह ख्रिष्टियन समाजद्धारा जाडोको न्यानो कपडा वितरण

सिरहा- चिसोबाट प्रभावित सिरहाको नरहा गाउँ पलिका ३ खोरियाका सदाय समूदायलाई सिरहा ख्रिष्टियन समाजले न्यानो कपडा वितरण गरेको छ। समाजले यहाँका ६५ घरधुरीका दलित तथा सदाय समूदायलाई न्यानो कपडा वितरण गरेको हो।

समाजका संस्थापक तथा अध्यक्ष जोना योन्जनले यहाँको दलित तथा सदाय समूदायको पीडा हामीले गमकपोष्ट पत्रिकाबाट जानकारी पाएपछि  यहाँका पीडितहरुलाई न्यानो कपडा वितरण गर्न आईपुगेको बताए। उनले हाम्रो सिरहा ख्रिष्टियन समाजको सहयोग गर्ने भावना अनुसार आज यहाँका दलित विपन्नलाई न्यानो कपडा वितरण गर्न पाएकोमा खुसी व्यक्त गरे।

न्यानो कपडा वितरणका क्रममा नरहा गाउँपालिका-३ का वडा अध्यक्ष रुस्तम अन्सारीले आफूहरुले गर्नुपर्ने काममा सहयोग गरेको भन्दै समाजलाई धन्यवाद दिए।

सोही क्रममा सिरहा ख्रिष्टियन समाजले सिराह नगरपालिका -१ सिरहाका ४६ वृद्ध वृद्धा,अपाङ्ग,जेष्ठ नागरिक एकल महिला,   किर्जनाह नगरपालिका-१० का १ सय ३७ बालबालिका, गोलबजार नगरपालिका-१० का ३३ वृद्ध वृद्धा, अपाङ्ग र एकल महिला, धनगढीमाई नगरपालिका-१२ का २३ विपन्न परिवार र लाहान नगरपालिका -२२ दर्खवाका ४२ वृद्ध वृद्धा,अपाङ्ग,जेष्ठ नागरिक एकल महिलालाई जाडोको न्यानो कपडा वितरण गरिएको समाजका अध्यक्ष जोना योन्जनले जानकारी दिए।

सिराह ख्रिष्टियन समाजले विगत वर्षहरुदेखि सिराह जिल्लाका विभिन्न समाजिक कार्यहरु गदै आएको एक समाज हो । यस समाजमा सिराह जिल्लामा भएको  (गिर्जाघर) चर्चहरु र संघ सस्थाहरुको साझा समाजको हो । जसले समाज सेवा, विभिन्न कुलत, कुसंगतद्धारा प्रभावित यूवाहरुको विकासको लागि विभिन्न कार्यक्रमहरु पनि आयोजना गदैआएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button