माओवादी केन्द्रको स्थायी कमिटी बैठकले गर्यो यस्तो निर्णय
नेकपा माओवादी केन्द्रले विभिन्न विभागका प्रमुख, प्रदेशका पदाधिकारी, जिल्ला समन्वय समितिका इञ्चार्ज तोक्ने निर्णय गरेको छ।
शनिबारदेखि बसेको स्थायी समितिको बैठकले विभिन्न विभाग प्रमुख, प्रदेशका पदाधिकारी र जिल्ला सम्वन्वयन समितिका इञ्चार्ज तोक्ने निर्णय गरेको प्रवक्ता नारायणकाजी श्रेष्ठले बताए ।
उनका अनुसार २ दिनसम्म बसेको बैठकले पुस ११ देखि सुरु हुने केन्द्रीय सम्मेलानलाई लक्षित गरि सबैलाई जिम्मेवारी तोक्ने निर्णय गरेको हो।
केन्द्रीय समितिका सदस्यहरु नभएको जिल्लामा केन्द्रीय प्रतिनिधि तोकेर उनीहरुलाई इञ्चार्जको जिम्मेवारी दिइएको उनले बताए। यस्तै सबै केन्द्रीय समिति सदस्यहरुलाई जिम्मेबारी दिइएको र प्रदेश कमिटीका सदस्यलाई पनि जिम्मेवारी दिइएको छ ।
यस्तै माओवादी केन्द्रले नेपालका कम्युनिस्टहरूको एकताका लागि प्रक्रिया अघि बढाउने निर्णय पनि गरेको छ ।
प्रवक्ता श्रेष्ठले भने, ‘कम्युनिस्ट आन्दोलनलाई आजको युगको आवश्यकता अनुसार समाजवाद निर्माण गर्ने खालको शक्ति निर्माणलाई केन्द्रविन्दुमा राख्ने र त्यसका लागि क्रान्तिकारी धाराका सबै कम्युनिस्टलाई एउटै केन्द्रमा ल्याउन वार्ता तथा पहल गर्ने निर्णय गरेका छौँ, ।’
उनले सरकार विस्तारमा ढिलाइ भएको तर अब छिट्टै पूर्णता दिने बताए ।


