दार्चुला तुइन प्रकरणः प्रतिवेदन गृहमन्त्रीलाई बुझाइयो

दार्चुलामा भारतीय सुरक्षा बल एसएसबीले तुइनको डोरी काट्दा महाकालीमा वेपत्ता भएका जयसिंह धामीको घटनाको छानबिन गर्न गठन भएको समितिले गृहमन्त्रीलाई प्रतिवेदन बुझाएको छ ।
एक महिना लामो समय लगाएर तयार गरिएको प्रतिवेदन मंगलबार गृहमन्त्री बालकृष्ण खाँडलाई बुझाइएको हो । मन्त्रालयका सहसचिव जनार्दन गौतम संयोजक रहेको समितिले बुझाएको प्रतिवेदनमा के विषय समेटिएको छ भन्ने औपचारिक रुपमा खुल्न सकेको छैन् । तर घटना भारतीय भूमिमा भएको र त्यसको औपचारिक अनुसन्धान गर्न कानूनी समस्य देखिएको उल्लेख गरिएको बताइएको छ ।
२०७८ साउन १५ गते दार्चुलाको ब्यास गाँउपालिका–२ मालका ३३ बर्षिय जयसिंह धामी तुईनबाट खसेर महाकालीमा बेपत्ता भएका थिए । उनको अवस्था अहिलेसम्म अज्ञात छ।




