रास्वपाले गृहमन्त्रीको लागी २ दिन पर्खने

काठमाडौँ — राष्ट्रिय स्वतन्त्र पार्टीले तत्काल सरकार नछोड्ने भएको छ तर सरकारलाई २ दिनको समय दिएको छ ।
हिजो बसेको केन्द्रीय समिति र संसदीय दलको संयुक्त बैठकले तत्काल सरकार नछोड्ने तथा सरकारलाई मार्गदर्शन गर्न बनेको उच्चस्तरीय संयन्त्रको बैठक बोलाउन माग गर्ने निर्णय गरेको हो ।
केन्द्रीय समिति र संसदीय दलको बिहीबार बसेको संयुक्त बैठकमा अधिकांश नेताहरुले अहिले पर्ख र हेरको नीति लिनुपर्ने सुझाव दिएका भएता पनि गृह कुनै हालतमा नछाड्ने निर्णय गरेका छन ।



